|

काठमाडौं : कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन्।

उनलाई आइतबार राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकका प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.