|

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने भएको छ। परिचयपत्र दिने कार्यविधिसमेत तयार भइसकेको प्रतिष्ठानले जनाएको छ।

प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा.देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ।

कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकका वाङ्मय साधकहरूलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई अब साकार रूप दिने बताए। बैशाखभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट परिचयपत्र वितरण सुरू गरिने उनले बताए।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायका अनुसार ‘लेखक/साहित्यकार परिचयपत्र’ नामाकरण गरिएको परिचयपत्रमा लेखक/साहित्यकारको नाम‚ उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्म मिति, विषय क्षेत्र र विधा खुलाइने छ। कुनै पनि स्रष्टालाई श्रेणीकरण नगरिने पनि बताइएको छ। परिचयपत्र पाउनका निम्ति सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.