|

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ की २० वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीका अनुसार ती युवतीको बाँकेको भेरी अस्पतालमा उपचाररत क्रममा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो। उनलाई गत चैत ३० मा कोरोना पुष्टि भएको थियो। उनको शव दाङ ल्याउने तयारी भएको फोकल पर्सन केसीले जानकारी दिए।

त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको गरिएको पिसिआर परीक्षणमा तुलसीपुरका विभिन्न वडाका १६ जनामा कोरोना पुष्टि भएको केसीले जनाकारी दिए।

संक्रमितमध्ये एक जना भारतबाट आएका र बाँकी तुलसीपुरका सरकारी तथा निजी विद्यालयका शिक्षकहरू रहेको बताइएको छ। पछिल्लो समयमा तुलसीपुरमा ६५ जना सक्रिय संक्रमित रहेको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको कोभिड फोकल पर्सन केसीले बताए। उनीहरूको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी र बाँकेको भेरी अस्पतालमा उपचारर्थ रहेको छ। तुलसीपुरमा कोरोना संक्रमणका कारण हाल सम्म २५ जनाको मृत्यु भएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.