काठमाडौं : लुम्बिनी प्रदेशका मुख्मँमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ।
माओवादीबाट सरकारका मन्त्री बनेकाहरू कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका हुन्। केसी आन्तरिक मामिला मन्त्री र बराल सामाजिक विकास मन्त्री रहेका थिए।
पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपासहितका ४१ सांसदहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सदस्य हरूमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ गरी ४१ जना छन्। प्रस्तावित मुख्यलमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।
लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन्। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।
तर, कर्णालीमा माधवकुमार नेपाल समूहले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पोखरेललाई पनि आफ्नो कुर्सी जोगाउन समस्या परेको छ। सोही घटना लुम्बिनी प्रदेशमा पनि दोहोरियो भने एमालेको नेपाल पक्षका सांसदहरुले समेत पोखरेलको विपक्षमा मतदान गर्न सक्नेछन्। लुम्बिनी प्रदेशमा दुई जना सांसद मात्र नेपाल पक्षमा खुलेर लागेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।