|

काठमाडौं : नेकपा एमालेले पार्टीको विधानविपरीत लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई अन्तिम चेतावनी सहितको २ दिने अन्तिम चेतावनी युक्त स्पष्टीकरण सोध्ने भएको छ। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। 

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टीविपरीत कार्य गर्न लगाउने थप ८ जनालाई  दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरुलाई बैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णयसमेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.