|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनिश्चित वातावरण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै पदबाट हटाउन नसकिने बताएका छन्।  

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औं स्थापना दिवसको अवसरमा सोमबार वाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा देउवाले भने 'ओलीलाई हटाउन चाहँदा चाहँदै पनि सियोर सट नभएकोले आफू अहिले चुप लागेको हुँ। प्रचण्डले समर्थन अझै फिर्ता लिएका छैनन्। प्रचण्डले फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको छ,' उनले भने। सभापति देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई आफूले हटाउन अनेक तरहले खोजिरहेको भने बताए।

तर,  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले त्यो सम्भव हुन नसकेको पनि उनले बताए। यसलाई बुझेर कदम चाल्नु नेपाली कांग्रेसको हितमा हुने उनल‍े बताए। पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको देउवाले आरोप लगाए।  उनले भने, 'राष्ट्रवादले चुनाव जितेका उनी अहिले भारतको त्वमशरणममा लागेका देखिएको छ।'

देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम पनि नगर्न आफूले आग्रह गरेको स्मरण गराए। यस्ता कार्यक्रमभन्दा जिन्दगी ठूलो भन्दै नजिक नजिक नबस्न उनले आग्रह गरे।  सभापति देउवाले नेविसंघमा गुटबन्दी नगर्न र एउटै कलेजमा तीन चार वटा समूह नखोल्न पनि कार्यकर्तालाई आग्रह गरे। नेविसंघ बलियो पार्नेतर्फ सोच्नुपर्ने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.