|

काठमाडौं : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ का लागि आह्‍वान गरिएको छ। संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन्।

वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए।

प्रस्तावित मुख्‍यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ। उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन्। पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ। 

हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन्। गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.