|

काठमाडौं : सोमबार उपत्यकामा ५ सय ३५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५ जना ललितपुरमा ७ जना र भक्तपुरमा २३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर १ हजार २ सय ८१ जना  कोरोना भाइरसका  नयाँ संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। ७००१ जनामा पिसिआर परीक्षण गरिएको थियो भने ५४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २५४ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेहरूको संख्या ८ छ, यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या तीन हजार ९१ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.