गलत प्रवृत्तिले पार्टी एकता भंग भएको स्पष्टोक्ति

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनापछि संसद्ले गति लिन नसकेको भन्दै जुनसुकै बेलामा निर्वाचनमा जानुपर्ने बताएका छन्। 

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमा जुनसुकै बेलामा निर्वाचनमा जानुपर्ने बेला आउनसक्ने उल्लेख भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।  

ज्ञवालीले भने, ‘बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक प्रतिवेदनको समीक्षा गरिएको छ। प्रतिनिधि सभामा पुनःस्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व हुने सम्भावना हुने सम्भावना कमै रहेको उल्लेख छ। नेकपाको ३ वर्षे अवधिको निष्कर्ष छ।’

केही व्यक्तिको गलत प्रवृत्ति र पात्रको कारणले पार्टी एकता भंग भएको समेत प्रतिवेदनमा उल्लेख छ। 'गलत व्यक्तिका कारण एकता भंग भयो, त्यसको आधिकारिकता सर्वोच्च अदालत गरिदियो, तर अदालतको फैसलाअघि नै पार्टी एकता भंगको चरणमा भयो’, उनले भने। 

प्रतिवेदनमा आगामी महत्वपूर्ण ३ वटा कार्यभारको विषयमा समेटिएको छ। उनका अनुसार पार्टी निर्माण, वैचारिक काम र पार्टीलाई कमजोर बनाउने गतिविधिलाई लागेका लागि पार्टीमा फर्काउन प्रयास गर्ने समेत उल्लेख छ। 

यस्तै, समृद्धिको अभियानलाई तीनवटै सरकारलाई सक्रिय बनाउने र निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा समेत जोड दिइएको छ। पार्टीको निर्देशनविपरीत चल्नेलाई नफर्के कारबाही प्रक्रियासमेत बढाइने प्रतिवेदनमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.