|

काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा  धेरै भेला हुन रोक लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले यस्ताे बताएका हुन्। विवाह, व्रतबन्ध, मलामी जाँदा २५ जनाभन्दा धेरै भेला हुन नपाइने उनले बताए। 

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुमति लिनुपर्ने प्रवक्ता गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.