|

काठमाडौं : कीर्तिपुरस्थित त्रिविवि खेल मैदानमा जारी ट्राइ नेसन्स क्रिकेट प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएका छन्।

कोरोना संक्रमितको संख्या बढेपछि प्रतियोगिताका बाँकी खेल बिना दर्शक खेलाइने भएको हो। नेपाल क्रिकेट संघले सोमबार विज्ञप्ति जारी गरी नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार दर्शक बिना खेल खेलाइने जनाएको छ।

सरकारले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित हुन नपाइने निर्णय गरेसँगै क्रिकेट संघले यस्तो निर्णय गरेको हो। यो निर्णयले खेलप्रेमिमा परेको असुविधाप्रति संघले क्षमा मागेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.