|

म्याग्दी : यस वर्षको वसन्त याममा ६७ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन्। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा बैशाख ३ मा पत्रकार पूर्णिमा श्रेष्ठसहित ६ जना नेपाली महिलासँगै ६७ जनाले सफल आरोहण गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, माया शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पाले एकै दिन सफल आरोहण गरेका थिए। यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले आरोहण गर्न सकेका थिएनन्।

उनीहरूको टोली अन्नपूर्ण बेसक्यामबाट ६ दिनको यात्रासँगै अगष्ट १६ (बैशाख ३ गते)मा चुचरोमा पुगेको टोलीमा सहभागी पेम्बा शेर्पाले जानकारी दिए। सेभेन समिट ट्रेकबाट १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेका थिए। श्रेष्ठसहितको टोलीले बैशाख ३ गते शुक्रबार बिहान १ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेटमा अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए।

बेस क्यापदेखि ६ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले आरोही श्रेष्ठले बताइन्। खाना, अक्सिजन, डोरीलगायतका सामग्रीहरु हेलिकप्टरबाट मगाएर आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.