|

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नईले राजस्थानलाई जितका लागि १८९ रन भेट्नुपर्ने लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङमा ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १४३ रन मात्रै जोड्न सक्यो। 

२० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन जोडेको चेन्नईका लागि दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन योगदान दिएका थिए। ८ बलमा २ चौका र एक छक्कासहित ड्वेन ब्राभो अविजित रहे।

यसैगरी अम्बाती रायुडू २७, मोइन अली २६, शुरेश रैना १८, ओपनर ऋतुराज गायकड १०, कप्तान महेन्द्रसिंह धोनी १८, साम करन १३ र रविन्द्र जडेजाले ८ रन जोडेका थिए।

राजस्थानका लागि ओपनर ब्याट्स्म्यान जस बटलरले ३५ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४९ रन बनाएका थिए। तर, अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो।

कप्तान सञ्जु स्यामसन नै १ रनमा आउट भएका थिए।​ जयदेव उनादकट २४,​ राहुल टेवाटिया २०, शिवम दुबे १७, मनान बोहरा १४ र डेविड मिलरले २ रन मात्रै जोडे।

चेन्नईका स्पीनर मोइन अलीले ३ ओभरमा ७ रन खर्चंदै राजस्थानको ३ विकेट, साम करण र रविन्द्र जडेजाले २-२ विकेट एवम्‌ ड्वेन ब्राभो र शार्दूल ठाकुरले १-१ विकेट लिए। 

राजस्थानका बलर चेतन सकरियाले ४ ओभरमा ३६ रन खर्चंदै चेन्नईको ३ विकेट लिएका थिए। क्रिस मोरिसले ४ ओभरमा ३३ रन खर्चेर २ तथा मुस्ताफिजुर रहमान र राहुल टेवाटियाले १–१ विकेट लिएका थिए।

खेलमा दुवै टोलीको ९-९ विकेट पतन भएको थियो।

जीतसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा आइपुगेको छ भने राजस्थान रोयल्स छैठौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.