|

पर्सा : पर्सामा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। भारतबाट आएका ती पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको हो।

मृतक वीरगञ्ज महानगरपालिका-१४ बहुअरीका रहेको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए। उनको हार्डडिजिज र कोरोना संक्रमणको कारण निधन अस्पतालले बताएको छ। उनी गत चैत २९ मा वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा भर्ना भएका थिए। सोही समयमा नै कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही अस्पतालमा उपचारका उनको सोमबार राति करिब १ बजे उनको मृत्यु भएको डा. दासले जानकारी दिए। 

कोरोनाको दोस्रो लहर सुरू भएपछि नारायणी अस्पतालको सम्पर्कमा आएका बिरामीमध्ये ६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये चार जना नारायणी अस्पतालमा र दुईजना निजी अस्पताल नारायणी बयोधामा उपचारका क्रममा निधन भएको नारायणी अस्पतालले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.