|

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको बाँके जिल्लामा लकडाउन हुने भएको छ।  

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति बैठकले संक्रमण नियन्त्रण गर्न यही बैशाख ९ गते देखि एक साताका लागि जिल्लाभर लकडाउन गर्न लागिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

उनले भने, ‘संक्रमण बढ्दै गए पछि एक हप्ता लकडाउन गर्ने तयारी गरिएको हो।‘

भारतमा संक्रमण बढ्दै गएपछि सीमा जोडिएका कारण उक्त क्षेत्रबाट भित्रिनेको संख्या अत्यधिक भएको र कोरोनाका संक्रमित थपिँदै गएकोले यसलाई अनियन्त्रित हुन नदिन लकडाउन गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.