|

कोरोना संक्रमण उच्च भएको भन्दै संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई विश्वका ८० देशमा यात्रा नगर्न भनेको छ।

एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई यो कोरोनाको महामारीको समयमा यात्रा नगर्न आग्रह गरेको हो। यसअघि 'डु नट ट्राभल'को अवधारणाअन्तर्गत २०० देशमध्ये ३४ देश समावेश छन्।   

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई यात्रा नगर्न सुझाएको हो। उक्त एड्भाइजरीमा अमेरिकी नागरिकले यात्रा गर्नबाट हरहालतमा जोगिनुपर्ने उल्लेख छ। अमेरिकी विदेश विभागले आफ्ना नागरिकलाई यात्रा बारे अपडेट गर्न सुझाव दिएको छ।

अमेरिकाले यसअघि एसियाली मुलुक भारतमा नजान ट्राभल एड्भाइजरी जारी गरेको थियो।  भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि अमेरिकाले यस्तो कदम चालेको थियो।

कोभिड-१९ का कारण विश्व भर तीन मिलियन व्यक्ति संक्रमित भएका छन्। जसमध्ये आधा जति अमेरिकी संक्रमित पाइएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.