|

काठमाडौं : सरकारले बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र एक अस्पतालबाट अर्को अस्पतालमा पठाउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै सबै अस्पतालहरुलाई नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको जनाउदै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने पक्का भएपछि समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.