|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर  १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७  जना  र  ६ सय ८३ जनामा गरिएको एन्टिजेन प​परीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित भेटिएका हुन्।

 यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

२ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.