|

अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतंककारी मारिएका छन्। सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिवानको जेलबाट मुक्त गरिएको सेनाले मंगलबार पुष्टि गरेको छ।

अफगानिस्तान नेशनल आर्मीका कमाण्डोले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतंककारी लक्षित कारबाही गरेका थिए। सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप भएको थियो।

तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन्। अपहरण परेका ती सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई तालिवानहरूले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.