|

काठमाडौं : नेपाली क्रिकेटले लामो प्रयोगपछि ब्याटिङ लाइनअपमा सफल्ता हात पार्ने संकेत देखाएको छ। नेपाली क्रिकेटले धेरै आरोह र अवरोहको यो काल खण्डमा अधिकांस सफल्ताका पछि बलरहरुको एकछत्र बलियो प्रदर्शन निर्णायक रहँदै आएको थियो। तर, डेब्यु बोइ कुशल भुर्तेलले नेपाली क्रिकेटमा शनसनिपूर्ण इनिङ खेल्दै ब्याटिङ लाइनअपमा नयाँ संभावना देखाएका छन्।

त्रिदेशीय टी–२० अन्तराष्ट्रियको यो श्रृङखलामा कुनै एकमात्र होइन तीन खेलमा लगातार ओपनिङ ब्याटिङ गरेका कुशललको ब्याट यसरी चलेको छ जस्ले ब्याटिङको दीर्घकालिन समस्याको निकास अब निस्किएको भन्नेमा आशा गर्ने आधार तयार भएको छ। त्यसो त नेपाली क्रिकेटको ओपनिङ समस्या पनि समाधानतर्फ अघि बढेको छ।

जुन कुनै अनुभवी ब्याट्सम्यान निखारिएर होइनकी डेब्यु गर्दै गरेका एक युवा खेलाडीसँग प्रशिक्षक डेभ वाटमोरले उठाएको जोखिमबाटै संभव भएको हो। २४ वर्षीया कुशल भुर्तेलले १ मार्चमा भएको नेदरल्यान्ड विरुद्धको खेलमा ओपनिङ डेब्यु गरे। उनले डेब्युमै ६२ रनको अर्धसतकीय इनिङ खेले। कुशल र आसिफ शेखले १एक सय १६ रनको ओपनिङ साझेदारी संभव बनाउँदा नेपाल ९ विकेटको प्रभावसाली जित निकाल्न सफल रह्ययो। त्यसपछि पनि कुशलको ब्याटको चमत्कार तेस्रो खेलसम्म रोकिएको छैन्।

पहिलो खेलमैअर्धसतकीय इनिङ खेलेका कुशलले लगातार तीन खेलमा सोही लय कायम राखे। उनी डेब्युपछि लगातार तीन अन्तराष्ट्रिय टी–२० मा अर्धसतक बनाउने विश्वको पहिलो खेलाडीका रुपमा रहे।उनले इंग्लिस खेलाडी डेभिड मलनको डेब्युपछि लगातार दुई खेलमा राखेको अर्धशतकीय इनिङको कीर्तिमान आफ्नो नाममा पारे।

विश्वकीर्तीमान बनाएका कुशलले नेपालका लागि टी–२० मा सर्वाधिक दुई सय सात रनको स्कोरको रेकर्डमा उल्लेख्य भुमिका निभाए। ६२ रनको इनिङ खेल्दा कुशलले आठ चौका र एक छक्काको सान्दार इनिङ खेले। त्यसअघि उनले मलेसिया विरुद्ध पनि ६१ रनको सानदार इनिङ खेलेका थिए। उनले लगातार तीन खेलमा ६० प्लस रनको स्कोर बनाए। 

नेपालले उत्कृष्ट ब्याटिङका बाबजुत जित आत्मासाथ गर्न असफल भयो। विशाल योगफल जोगाउन नेपाली बलर असफल भए। यद्दपि नेपाली ब्याटिङले भने नेपाली क्रिकेटको दिर्घकालिन समस्या समाधान हुनेमा विश्वासका आधार तयार गरेको छ। अझैं खेल बाँकी रहेकाले नेपाली ब्याट्सम्यानको चुनौती र  प्रदर्शन पनि हेर्न लायक रहने पक्का छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.