|

भक्तपुर : भक्तपुरको सल्लाघारीमा करेन्ट लागेर मंगलबार साँझ एकजनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित एक घरमा केबुल मर्मत गर्दा करेन्ट लागेर केबुलका अपरेटर सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–२ कुन्चोक घर भई हाल मध्यपुर थिमि राधेराधे बस्ने २० वर्षीय संजीव भारतीको मृत्यु भएको हो।

केबुल मर्मत गर्ने क्रममा करेन्ट लागेर भारती ६ तल्लाबाट सडकमा खसेका थिए। घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डाक्टर इवामुरा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार भारतीले केबुलको तार समातेर तान्दा हाइटेन्सनको तारमा परेको र हाइभोल्टेजले तार जल्न गइ करेन्ट लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.