|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार बनाउने विषयबारे छलफल हुने बताइएको छ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुंगोमा पुग्न सकेको छैन। बैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताएका मंगलबारको बैठकपछि बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.