|

काठमाडौं : रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।

औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको हो। 

नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।  अहिले भारतको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.