कोरोनाको नयाँ लहरबाट भारतपछि टर्कीको हालत अन्यत्रभन्दा खराब भएको छ।
गत साता त्यहाँ दैनिक ७ हजार हाराहारीमा संक्रमित मानिस भेटिने गरेका थिए। केही दिनयता त्यहाँ दैनिक ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिइरहेका छन्।
करिब साढे ८ करोड जनसंख्या रहेको टर्कीमा कोरोना संक्रमणबाट अहिलेसम्म ३६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।
जुन महिनाको अन्त्यसम्ममा त्यहाँ ४० वर्षभन्दा माथिका सबै मानिसलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखिएको छ। तर, खोप लगाउन मानिसहरूले आनाकानी गरिरहेका छन्।
त्यहाँ करिब ८० लाख मानिसलाई खोपको दुवै डोज दिइएको छ। खोप पाएकाहरू कुल जनसंख्याको १० प्रतिशतमात्रै हुन्।
टर्कीमा अहिले कोरोना महामारीको तेश्रो लहर चलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।