|

काठमाडौं धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सुनसरी इटहरी उपमहानगरपालिका २ की संक्रमितको बुधबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए।

उनलाई चैत २४ गते कोरोना पुष्टि भएको थियो। सोही दिन कोभिड अस्पताल भर्ना भएकी थिइन्। उनलाई उच्च रक्तचापको समस्या थियो।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.