|

चितवन ः माडी नगरपालिका–९ अयोध्यापुरी कृष्णनगरमा भगवान् रामसीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको छ। राम नवमीको अवसर पारेर बुधबार प्रस्तावित अयोध्याधाम क्षेत्रमा मूर्तिहरु स्थापना गरिएको हो।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोराका रुपमा रामको जन्मिएको धर्मग्रन्थमा उल्लेख छ। रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको मान्यता छ।

हजारौँ श्रद्धालुको उपस्थितिमा मूर्ति स्थापना गरिएको हो। अयोध्याधाम क्षेत्रको गुरुयोजना अनुसारको मन्दिर निर्माण भएपछि त्यस मन्दिरमा प्रतिस्थापन गरिने अयोध्याधाम व्यवस्थापन समितिले बताएको छ। करिब १६ लाख रुपैयाँमा निर्माण भएको अस्थायी राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो। 

प्रधानमन्त्रीको निर्देशनमा बनाइएको मूर्तिलाई मंगलबार काठमाडौंदेखि देवघाट ल्याएर राखिएको थियो। सयौँ गाडीको लावालस्करसहित आएको सीताराम शोभा रथयात्रा एक दिन देवघाटमा बास बसेर बुधबार बिहान माडीतर्फ आएको थियो। 

माडी प्रवेश गरेपछि माडी नगरपालिका–१ बनकट्टामा परशुराम कुण्डको जलले अभिषेक गराइएको थियो। मूर्ति स्थापना कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल र प्रदेश नं २ का प्रमुख राजेश अहिराज लगायतको उपस्थिति थियो। 

कृष्णनगरको करिब एक सय विगाहा क्षेत्रमा राम मन्दिर स्थापना गर्न प्रस्ताव गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.