|

बझाङ : नेकपा नेत्रविक्रम चन्द्र विप्लवका जिल्ला कमिटी सदस्य जोग बहादुर कठायत जेल मुक्त भएका छन्।

कठायतलाई जिल्ला अदालत बझाङले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। २०७७ मङ्सिर २७ गते धनगढीबाट कठायतलाई प्रहरीले पक्राउ गरेको थियो।

बुधबार कठायतलाई उनका कार्यकर्ताले अबिरमाला, बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गरे। साथै कठायत जेलमुक्त भएपछि सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोण सभासमेत गरिएको छ।

उक्त कोणसभामा सरकारले वार्तामा भएका हरेक सहमतिका बुँदा तथा शब्दलाई मनन गरेर आफ्ना सहकर्मीलाई जेलमुक्त गर्नुपर्ने र नगरे फेरि क्रान्तिमा आफू मात्रै नभएर देशमा सबैलाई लामबद्ध गराउने चेतावनी दिए। 

सरकार र विप्लव नेकपाबीच सहमति भएसँगै बझाङमा विप्लव समूहका २ जना जेलबाट छुटेका छन्। चैतमा विप्लवका जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी छुटेका थिए। 

जिल्ला कारागार बझाङमा विप्लव समूहका ५ जना नेता कार्यकर्ता रहे पनि हालसम्म २ जना मात्र छुटेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.