|

काठमाडौं :   स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड विजयी भएको छ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले कार्डिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए।

यो सहज जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ।

त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेलमा ६७ अंक रहेको बार्सिलोना चौथो स्थानमा रहेको छ। त्यस्तै कार्डिजको भने ३२ खेलपछि ३६ अंक छ र लिगमा १३औ स्थानमा रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.