|

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा पानी परिरहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा गएराति देखि र बाँकी स्थानमा आज बिहानदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएर पानी परेको हो। 

काठमाडौं उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा दिउँसोसम्म पानी पर्नेछ भने बाँकी प्रदेशमा बेलुकासम्म पर्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। पानी परेसँगै घातक तुवाँलो केहि कम हुने महाशाखाले जनाएको छ। 

आज देशभर मौसम बदली भई पानी परेका कारण घाम लाग्ने संभावना छैन्। रातिबाट भने मौसम खुल्दै गएर भोलिदेखि अधिकांश स्थानको मौसम सुधार हुने महाशाखाको पूर्वानुमान छ। 

काठमाडौं उपत्यकामा पछिल्लो १८ घन्टामा १ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.