|

काठमाडौं : प्रधानमन्त्री एवम्‌ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माटोमा मिलाइदिने नीति लिएको आरोप लगाएका छन् ।

बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै उनले नेताहरूको नाम नलिइकन यस्तो बताएका हुन्।

‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे,' उनले भने, 'त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान्? नहुँदा त यस्तो छ।'

आफूमाथि हमला गरेर दाहाल-नेपाल लगायतले पछि पार्टीको साधारण सदस्यबाटै हटाउने काम गरेका ओलीले आरोप लगाए।

'ओलीलाई धुलोमा मिलाइदिन्छु, टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको थियो, तर मैले त्यसलाई मैले विफल तुल्याइदिएँ,’ ओलीले थपे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.