|

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतको अवस्था झनै भयावह बनेको छ। 

त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। २ हजार १०४ जना संक्रमितले ज्यान गुमाएका छन्। 

सो अवधिमा हजारौं स्वाब नमूना लिइएको र परीक्षण हुन बाँकी नै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

२४ घण्टाभित्र भारतमा भेटिएका संक्रमित संख्याले विश्वभरको अहिलेसम्मकै रेकर्ड तोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.