|

काठमाडौं : वीरगञ्जको  नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायाधीश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ।

उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिर्पोटमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्लाका ७९ जना , बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १-१ जनामा रहेका छन्। पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना बहुदारमाई नगरपालिकाका छन्। चार वर्षदेखि ७८ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ६४ जना पुरुष र २४ जना महिलामा रहेका छन्।

यसअघि मंगलबार १४० परीक्षण गर्दा ९१ जना , सोमबार १४१ परीक्षण गर्दा ७८ जना आईतबार ९६ परीक्षण गर्दा ६१ जना , शनिबार ९० परीक्षण गर्दा ४५ जना, शुक्रबार ९४ परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो छ दिनमा ७५३ स्वाब परीक्षण गर्दा आधाभन्दा बढी अर्थात् ४२० जनामा संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख ८ गतेसम्म गरिएको ११०१ जनाको पिसिआर परीक्षणमा ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३४ सम्म रहेको छ। सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.