|

काठमाडौं : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका ११ का संक्रमितको बुधबार राति करिब पौने १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई ७ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पताल भर्ना गरिएको थियो। उनी पहिलेदेखि नै दीर्घ रोगी रहेको प्रतिष्ठानका सह- प्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए। प्रतिष्ठानमा कोभिड संक्रमितको कारण मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.