|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज (बिहीबार) पनि भेटवार्ता हुने भएको छ।  

पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपालबीच भेटवार्ता गर्न लागिएको हो। 

दिउँसो दुई बजेपछि भेटवार्ता हुने बताइएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने भेटवार्ता गर्ने समय निश्चित भइनसकेको बताए। 

बुधबार पनि ओली र नेपालबीच बेलुका दुई घण्टा काठमाडौंको ​होटल मेरियटमा भेटवार्ता भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.