|
फाइल फोटो

काठमाडौं : नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ फर्काएका छन्। उनले अध्यक्ष ओलीले चालेका पछिल्ला कदमहरू पार्टीको विधान विपरित भएको आरोपसहितको पत्र बुझाएका हुन्। 

स्पष्टीकरणको जवाफमा भनिएको छ, ‘म के पनि यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरू पार्टी विधान विपरित त छन नै, सो भन्दा पनि बढी नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्ब रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु। अन्यथा, यसले निम्त्याउने दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने छ।’

ओलीको कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने प्रकृतिका भएको आरोपसमेत लगाए। उनले ओलीको कदमलाई अविलम्ब रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.