|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो। 

पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।

अध्यक्ष ओली सहित एमालेको संस्थापन पक्षले आफूहरुलाई आफूहरुलाई स्थान नदिएको र गुटलाई प्रश्रय दिएको माधव नेपाल पक्षले आरोप लगाउदै आएको छ भने संस्थापन पक्षले अनुशासन भंग गरेर समानान्तर गतिविधि गर्दै वैरीलाई सघाएको आरोप लगाएर स्पष्टीकरण पूर्जी काटेको छ।

बुधबार पनि ओली र नेपालबीच बेलुका दुई घण्टा भेटवार्ता भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.