|

काठमाडाैं : चाैथो स्थानको बार्सिलोना १५ औं स्थानको गेटाफे आज राति ला लिगामा भिड्दै छन्। क्याम्प नोउमा आज राति पाैने २ बजे गेटाफे बार्सिलोनाविरुद्ध उच्च प्रदर्शन देखाउन चाहन्छ। अघिल्लो खेलमा रियल मड्रिडलाई घरेलु मैदानमा बराबरीमा रोकेको गेटाफे आज उच्च मनोबलमा हुनेछ।

गेटाफेले लिगमा ३१ खेल खेलिसकेको छ भने बार्सिलोनाले ३० खेल। बार्सिलोनाले अघिल्लो खेलमा रियल मड्रिडविरुद्ध ३–१ को हार बेहोरेको थियो। भलै उसले त्यसपछिको खेलमा कोपा डेल रे को उपाधि उचाल्यो। 

आज राति सिजनको पहिलो उपाधि उचालिसकेको बार्सिलोना पनि उच्च मनोबलसाथ घरेलु मैदानमा उत्रिँदैछ। सबैजसो नियमित खेलाडी ठीकठाक अवस्थामा अभ्यासमा छन्। जसले बार्सिलोनालाई खेलमा कुनै प्रभाव देखिँदैन। आज राति जित निकाल्न सके बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिने छ। 

यद्यपि डेनमार्क स्ट्राइकर मार्टिन ब्रेथवेटको चोटले बार्सिलोनाको सब्सिच्युटमा भने असर पार्ने देखिएको छ। मंगलबार अभ्यासका क्रममा उनको दाहिने खुट्टाको गोलीगाँठोमा समस्या आएपछि उनले गेटाफेविरुद्धको खेल गुमाउनेछन्।  २०२० को सिजनमा बार्सिलोना आएका उनले क्लबमा भने खासै प्रभाव जमाउन सकेका छैनन्।  

शीर्ष स्थानमा रहेको रियलभन्दा पाँच अंकले पछि परे पनि बार्सिलोनाले अझै रियलभन्दा २ खेल कम खेलेको छ। त्यस्तै ३१ खेलबाट एट्लेटिको मड्रिडको पनि रियलझैं समान ७० अंक छ तर ऊ गोलअन्तमा तल छ। त्यस्तै तेस्रो स्थानमा रहेको सेभिल्लाको ६७ अंक छ। 

 

  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.