|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो। 

पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।

फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। ओली र नेपालबीचको भेटवार्ताले पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा कार्यकर्ता र शुभचिन्तकले गरेका छन्। बुधबार पनि ओली र नेपालबीच बेलुका दुई घण्टा भेटवार्ता भएको थियो। 

                                              वार्तामा बस्नुअघि होटल मेरियटको झ्यालबाट धरहरा नियाल्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.