|

पर्सा : दोस्रो लहरको कोरोनाको कारण पर्सामा थप  दुई संक्रमितको मृत्यु भएको छ। वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको १० घण्टा ३५ मिनेटपछि फेरि पर्साकै वीरगन्ज महानरपालिका १९ विन्दवासिनीका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक पुरुष वीरगन्जको नारायणी अस्पतालमा गएको ५ गते आइतबार भर्ना भएका थिए। उनको ६ गते सोमबार रिपोर्ट पोजेटिभ आएको थियो। बिहीबार उपचारका क्रममा नै उनको निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए।

पुरुषको बिहीबार बिहान करिब १० बजेर ५० मिनेटमा मृत्यु भएको हो भने महिलाको बिहीबार बिहान करिब १ बजेर १५ मिनेटमा मृत्यु भएको डा. दासले बताए। महिलाको मृत्यु भएको खबर सेलाउन नपाउँदै अर्का पुरुषको पनि मृत्यु भएको उनको भनाइ छ।

नारायणी अस्पतालमा दोस्रो लहरको कोरोनाका कारण एकैदिन दुई जनाको मृत्यु भएको यो पहिलो हो। योभन्दा अगाडि एकैदिन दुई जनाको मृत्यु भएको थिएन। कोरोनाको दोस्रो लहर बढेयता वीरगन्जका अस्पतालमा ल्याइएकामध्ये कुल ९ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ।

मृतक मध्ये सात जनाको नारायणी अस्पतालमा र २ जनाको वीरगन्जकै नीजि अस्पताल नारायणी बयोधामा मृत्यु भएको चिकित्सक दालले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.