|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५  जना  र  ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी जम्मा  २ हजार ४ सय २८ जना नयाँ संक्रमित भेटिएका हुन्।

 यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज २ सय ५२ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभरको संस्थागत क्वारेन्टाइनमा ८१ जना रहेको र देशभर १३ हजार ६ सय ९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.