|

काठमाडौं : गत २४ घण्टमा २० देखि २९ वर्ष उमेर समूहका युवा सबैभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा कुल २ हजार ४ सय २८ जना नयाँ सङ्क्रमित थपिएका थिए। जसमा ५ सय ७५ जना २० देखि २९ वर्षका छन्। 

यस्तै ३० देखि ३९ वर्षका ५ सय ५५ जना, ४० देखि ४९ वर्षका ४ सय ४० जना, ५० देखि ५९ वर्षका ३ सय जना, ६० देखि ६९ उमेर समूहका १ सय ६८ जना, ७० देखि ७९ उमेर समूहका ६१ जना, ८० देखि ८९ वर्षका १२ जना र ९० देखि १०० वर्षका २ जना छन्। 

त्यस्तै उमेर नखुलेका १३ जना छन्। ९ वर्षमुनिका ५१ जना र १० देखि १९  वर्षसम्मका १ सय ८८ जनामा पनि संक्रमण भेटिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.