|

काठमाडौं : साउदी अरबको रियादस्थित फ्यामिली केयर अस्पतालले एक नेपाली कामदारको उपचारमा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ  (८ लाख २३ हजार रियाल) मिनाहा गरिदिएको छ। 

अस्पतालले साढे दुई वर्षपछि मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का बेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो। उपचार खर्चको बिल भुक्तानी गर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन्।

उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो। रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहा गर्न अनुरोध गर्दै आएको थियो। साउदीमा गैरकानुनी रुपमा काम गरिरहेको अवस्थामा भुजेल दुर्घटनामा परेका थिए। उपचारको बिल तिर्ने जिम्मा नलिएपछि अस्पतालले अस्पतालले भुजेलविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगाएको थियो। 

दूतावासले पहल गरेर उनको मुद्दा फिर्ता लिएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएकाे छ।  साउदीमा कुनै पनि विदेशी नागरिकमाथि  मुद्दा लागेसम्म साउदीबाट बाहिर निस्कन अनुमति दिइने गरेको छैन। भुजेलले आफू स्वदेश फिर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.