|

पर्वत : मुस्ताङ पर्यटकहरूको रोजाइको गन्तव्य हो। यस क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। प्राकृतिक र धार्मिक पर्यटनका लागि मुस्ताङ प्रख्यात छ।

केही समयअघि देशका धेरै सहरहरू वायु प्रदूषणका तुवाँलो ढाकिएको बेला मुस्ताङ पनि अछुतो रहेन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार मुस्ताङको आकाश पनि करिब १५ दिन खुलेन।

तर‚ बिहीबार बिहान करिब ६ बजेदेखि भएको वर्षा र हिमपातपछि शुक्रबार भने मुस्ताङ मन लोभ्याउने गरी खुलेको छ। रूख, खेतबारी र घरमा टाँसिएको धुलो फोहोर पखालिएको छ। तल्लो मुस्ताङका सबैजसो ठाउँको हिउँ पग्लिसकेको छ। उपल्लो मुस्ताङका केही ठाउँमा मात्र हिउँ पग्लिन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.