|

गोरखा : करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ। गोरखा नगरपालिका-६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान गर्ने क्रममा शुक्रबार बिहान ६ बजे करेन्ट लागेर विकको घटनास्थलमै मृत्यु भएको हो। रड ठड्याउन लाग्दा हाइटेन्सन लाइनमा छोएर उनलाई करेन्ट लागेको बताइएको छ।

शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.