|

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ। 

औपचारिक निर्णय भइ नसकेपनि बादलकै संभावना रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘औपचारिक निर्णय भइसकेको छैन’, केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘तर उहाँकै संभावना धेरै छ।’ 

स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए। 

राष्ट्रियसभा उपनिर्वाचन आउँदो जेठ ६ गतेका लागि तोकिएको छ। 

नेकपा भंग भएपछि एमालेमा लागेका थापालाई माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.