|

सल्यान : बसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा फेरिएर वन जंगलमा हरियालीले छाउने बेला सल्यानका वन जंगल यो वर्ष डढेंलोले उजाड बनेका छन्।

पालुवा फेरिन नपाउँदै जिल्लाका अधिकांश वनक्षेत्र डढेंलोले उजाड र उराठ बनाएको छ। डिभिजन वन कार्यालय सल्यानका अनुसार हालसम्म ७६ सामुदायिक वन, दुई कवुलियती वन र ६ राष्ट्रिय वन गरी ८४ वन को २ हजार ६ सय हेक्टर वन क्षेत्र डढेंलोले सखाप पारेको छ।

वन जंगल खरानी बन्नुको साथै जीवजन्तु, पंक्षी, दुर्लव जनावरहरु, महत्वपूर्ण वनस्पति, जडिबुटी लगायत नष्ट भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.