|

काठमाडौं  : उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ६१ जना संक्रमित आइसियुमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै,  ४ सय ७१ जना आइसोलेसनमा छन्।

 स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ जना भेन्टिलेटरमा, ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ जना आइसियुमा, ५ जना भेन्टिलेटर र ४३ जना आइसोलेसनमा छन्। यस्तै, पाटन अस्पतालमा ८ जना आइसियुमा, १० जना भेन्टिलेटर र ७२ जना आइसोलेसनमा छन्।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० जना आइसियुमा, ८ जना भेन्टिलेटर र ८७ जना आइसोलेसनमा छन्। नेपाल प्रहरी अस्पतालमा ५ जना भेन्टिलेटरमा २ जना आइसियुमा ३९ जना आइसोलेशनमा वीरेन्द्र अस्पताल, छाउनीमा चार जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा चार जना आइसियुमा, ३ जना भेन्टिलेटर र ३४ जना आइसोलेसनमा छन्।

निजामती कर्मचारी अस्पतालमा १७ जना आइसोलेसनमा र १ जना आइसियुमा, यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ३७ जना आइसोलेसनमा रहेका छन्।

​ग्रान्डी अस्पतालमा २१ जना आइसोलेशनमा, ९ जना आइसियूमा र तीन जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा ४० जना आइसोलेशनमा, ९ जना आइसियूमा र १ जना भेन्टिलेटरमा गरी उपत्यकामा मात्रे ६१ जना आइसियु र४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको विवरण अनुसार हाल प्रदेश १ मा १४ आइसियूमा, प्रदेश २ जा ७ जना आइसियुमा बागमती प्रदेशमा ८३  जना आइसियुमा र ४९ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आइसियुमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसियुमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियुमा उपचाररत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.