|

काठमाडौ:  नेपाली भाषा साहित्यमा योगदान गरेको भन्दै  नइ प्रकाशनले चार जनालाई २०७७ सालको नइ पुरस्कारले सम्मान गर्ने भएको छ। प्रकाशनले एक विज्ञप्ति जारी गर्दै  प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आइतबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको जनाएको छ।

प्रकाशनले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत श्री घनश्याम राजकर्णिकारलाई साठी हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ ले सम्मान गर्ने घोषणा गरेको हो।​ ​

राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रही उत्कृष्ट योगदान पुर्‍याएबापत झापाका श्री भवानी क्षत्रीलाई पचास हजार रुपैयाँ राशिसहित 'नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ।

हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भई नेपाली समाजमा उदाहरणीय र प्रेरक योगदान पुर्‍याएबापत भागवत मञ्जरी श्री राधिका दासीलाई पचास हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ।

नेपाली भाषासाहित्यका फाँटमा समर्पित हुँदै कविता लेखन तथा वाचनमा समेत उदाहरण प्रस्तुत गर्नुका अतिरिक्त आफ्नो शैक्षिक स्तरलाई पनि गुणस्तरीय बनाउने युवराज अधिकारी 'स्मरण'लाई पच्चीस हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.