|

भक्तपुर : मध्यपुर थिमिको निगुपुखुःमा आइतबार सम्पन्न फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी ६ सय जनाले अवलोकन गरेका छन्।

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत श्रेष्ठले खिचेका तस्वीर वि. सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मध्यपुर सञ्चार समाजले प्रदर्शनीको आयोजना गरेको हो।

दिनभरी राखिएको प्रदर्शनीमा करिव ६ सय जनाले अवलोकन गरेको समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले जानकारी दिए। प्रदर्शनी अवलोकनका लागि बागमती प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण पुगेका थिए।

प्रदर्शनीमा २०७२ को गोरखा भूकम्पबाट क्षति भएका काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका पुरातात्विक सम्पदा, मठमन्दिर, गुम्बा, सार्वजनिक संरचना, निजी घरलगायत तस्वीर राखिएको थियो।

प्रदर्शनीमा खासगरी धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप, स्वयम्भू, जयवागेश्वरी, विश्वरुपा, पाटन दरबार, कुम्भेश्वर, बुङ्मती, इन्द्रायणी, भक्तपुर दरबार क्षेत्रका दत्तात्रय, सूर्यमढीलगायत मध्यपुर थिमिका विभिन्न क्षतीग्रस्त सम्पदा र उद्धारको दृष्यका तस्वीर राखिएको थियो।

त्यस्तै अरनिको राजमार्गको कौशलटारमा भूकम्पबाट भास्सिएको सडककासहित एक सय सात सय तस्वीर प्रदर्शनीमा राखिएको फोटो पत्रकार श्रेष्ठले जानकारी दिए। यसअघि सो तस्वीर प्रदर्शनीको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्पुर थिमि नगरपालिकाले सम्पदा संरक्षण र पुनःनिर्माणलाई विशेष जोड दिएर योजनाहरु कार्यान्वयन गर्दै आएको बताए।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले विपत कुनै जानकारी दिएर नआउने भएकोले विपतको जोखिम न्यूनिकरणका लागि पूर्वतयारी हुनुपर्नेमा जोड दिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.