|

डा. तीर्थराज भण्डारी

केही समयको कोरोना बिर्साइपछि फेरि कोरोनाले हामीलाई सम्झियो। जसलाई हामीले सेकेन्ड वेब भन्दै छौँ।

पुरानो पाण्डेमिक इतिहास हेर्‍यौँ भने यो खासै नौलो होइन। इन्फ्लुएन्जा, प्लेगको इतिहास पनि यस्तै थियो। सामान्यतय पाण्डेमिक ‘सेकेन्ड वेबस’म्म जान्छ, तर कुनै कुनै थर्डसम्म नि जान्छ।

कुनै भाइरसको सेकेन्ड वेब छोटो, त कुनैको लामो हुन्छ। कुनैको मृत्युदर बढ्छ त कुनैको घट्छ। यो नयाँ भाइरसको लागि खासै भन्न सकिन्न। इन्फ्लुएन्जाको इतिहास हे¥यौँ भने सेकेन्ड वेब झन लामो थियो। मृत्युदर पनि बढी थियो।

किन आउँछ त सेकेण्ड वेब?

साधारणत भाइरस फर्स्ट वेब सकिएपछि पनि केही मात्रामा रहन्छ। जब हामी छिटो बजार, समुदायलाई पुरानै स्थितिमा लैजान्छौँ। छिटो फैलन्छ, अनि सेकेन्ड वेब दिन्छ।

के हुन्छ त अब?

हाम्रो बजारले पुरानो डरलाई बिर्सेको स्थितिमा प्रवेश गरेकोले यो अली नै आक्रामक रूपमा फैलने देखिन्छ। त्यसैले मानिसहरु जबसम्म सचेत हुँदैनन्। यो भाइरस त्यति नै आक्रामक रूपमा बढ्ने निश्चित नै छ।

कति समय रहला?

यो यति छिटो फैलिँदैछ कि यसले सजिलै रोकिने देखिन्न।

कसरी रोकिन्छ त?

यसले अलि नै आक्रमक गरेर आफैं शान्त हुन्छ। के त केहीको ज्यान लिएर कि ‘हर्ड इम्युनिटी’ भयसी रोकिन्छ। तर, वैज्ञानिकहरूले मात्रै कि ‘हर्ड इम्युनिटी’ नहुने बताउँछन्। यसको लागि करिब ७०% जनसंख्यामा संक्रमण हुनुपर्छ। यसको लागि भ्याक्सिनको सहयोग चाहिन्छ।

आजको दिनसम्ममा कोरोनाबाट जोगिने तरिका थाहा नहुने सायद कोही छैनन्। त्यसलाई पालन गरौँ र आफैं जोगिऔँ।

तेस्रो वेब के होला?

मेरो जिचारमा यदि सेकेण्ड वेबपछि नि भ्याक्सिनबाट ‘हर्ड इम्युनिटी’ बनाउन सकियन भने कोरोनाको तेस्रो वेब नि आउनेछ।

के होला अब नेपालमा?

नेपालमा ‘सेकेण्ड वेब’ तीव्र गतिमा फैलिरहेको छ। अझै १–२ हप्तापछि यहाँको स्थिति ‘भयावह’ हुने देखिन्छ। विस्तारै फेरि मानिसहरू सचेत हुँदै गए केही काम भएर जानेछ।

स्पेनमा भएको एउटा अध्ययनमा सेकेन्ड वेबको संक्रमण पहिलोभन्दा कम थियो। मृत्युदर पनि कम नै थियो। आशा गरौँ नेपालमा नि यस्तै होस्। त्यसैले हामी सबैले सचेत हुनुपर्ने बेला आएको छ। अनावश्यक कामका लागि कसैले पनि बाहिर ननिस्कौँ। यदि हामी सचेत बन्यौँ भने विस्तारै यो संक्रमण कम हुनेछ।

कोरोना तिमी क्रुर नबदिदेऊ

संसारलाई छिटो त्रास मुक्त बनाइदेऊ

हुनत तिमी हाम्रै गल्तीले आयौँ होला

जसरी आयनी हामीलाई थप पीडामा नपारिदेऊ

चाइनाबाट आयौँ, अहिले संसार भरी फैलियौँ

धेरै मनिसको शरिरमा फैलिएर त्रसित बनैदियौँ

संसार समाप्त गर्ने हतियार बनाएर बस्नेलाई

तिम्ले स्वास्थ्य के हो भनी सिकाइदियौँ

अनावश्यक दुश्मनी मोल्ने लाई,

तिम्ले मिल्न पर्ने बनाइदियौँ

सधैं ब्यस्त भएर तनाब लिनेलाई,

जीवनको महत्व सिकाइदियौँ

भनिन्छ, प्रकृति जस्तो बलवन केही हुन्न,

तिम्ले त्यसको नि आभास गराइदियौँ

अब तिमीले धेरै सिकाइसकेऊ,

कृपया अब त शान्त बासिदेउ

मानव जाति संकटमा पर्न लागिसकेँ

त्यो बुभेर नि कृपया शान्त बसिदेऊँ,

हामी अब सुध्रिने छौँ

कृपया यसपलिलाई माफ गरिदेऊँ

कोरोना तिमी क्रुर नबदिदेऊँ

संसारलाई छिटो त्रास मुक्त बनाइदेऊँ ।।

(डा.भण्डारी डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.